Logo
लग इन
साइन अप
Language (भाषा)
|

साफ च्याम्पियनसिप २०२६: उपाधि जित्ने लक्ष्यसहित २३ सदस्यीय बलियो नेपाली टोली घोषणा

२०८३, जेठ ३ विवेक तामाङ
Preeti Rai तस्विर: आफ्नो दोस्रो खेलका लागि वार्म-अप (अभ्यास) गर्दै प्रिती राई

काठमाडौँ – दक्षिण एसियाली फुटबलको प्रतिष्ठित महाकुम्भ ‘साफ वुमन्स च्याम्पियनसिप २०२६’ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको अन्तिम २3 सदस्यीय टोली घोषणा गरेको छ। भारतको पर्यटकीय तथा खेलकुद नगरी गोआमा आयोजना हुन लागेको यस प्रतियोगितामा यसपटक नेपाली ‘चेली’ हरू इतिहास रच्दै उपाधिको खडेरी तोड्ने बलियो मनोबलका साथ मैदान उत्रिनेछन्।

मुख्य प्रशिक्षक नवीन न्यौपानेको रेखदेखमा भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रर्दशन गर्ने २३ खेलाडी छनोट गरिएको हो। कप्तान एन्जिला तुम्बापो सुब्बाको नेतृत्वमा रहेको यस टोलीमा अनुभव र ऊर्जाको उत्कृष्ट मिश्रण देखिन्छ। टोलीमा केही सिनियर खेलाडीहरूले पुनरागमन गरेका छन् भने नयाँ अनुहारले पनि आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्।

एन्फाले सार्वजनिक गरेको आधिकारिक टोली यस प्रकार छ:

गोलकिपर

  • एन्जिला तुम्बापो सुब्बा (कप्तान)
  • अन्जना राना मगर
  • उषा नाथ

डिफेन्डर

  • गीता राना
  • बिमला बिके
  • पुजा राना
  • हिरा कुमारी भुजेल
  • प्रतिक्षा चौधरी
  • समिक्षा घिमिरे
  • निशा ठोकर
  • सबिना चौधरी

मिडफिल्डर

  • रेनुका नगरकोटी
  • दिपा शाही
  • प्रिती राई
  • सरु लिम्बु
  • विर्सना चौधरी
  • अनिता बस्नेत
  • अनिता लाम्जेल
  • अनिता केसी

फरवार्ड

  • रश्मी घिसिङ
  • मिना देउबा
  • पुर्णिमा राई
  • रेखा पौडेल

चुनौती र अवसरको नयाँ यात्रा

यसपटक नेपाललाई तुलनात्मक रूपमा कठिन मानिएको समूह ‘क’ मा राखिएको छ, जहाँ नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका र भुटानको सामना गर्नेछ। यस्तै समूह ‘ख’ मा आयोजक भारत, माल्दिभ्स र साविक विजेता बंगलादेश रहेका छन्।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल छ पटक उपविजेता बनेको छ। हरेक पटक फाइनलमा पुगेर पनि उपाधि नजिक पुगेर रोकिनुपरेको पीडालाई शक्तिमा बदल्दै यसपटक टोलीले स्वर्ण पदक मै आँखा गाडेको छ। भुटानविरुद्धको उद्घाटन खेलबाट आफ्नो यात्रा सुरु गर्ने नेपाली टोलीका लागि यो प्रतियोगिता केवल एउटा खेल मात्र नभई, दक्षिण एसियाली महिला फुटबलमा आफ्नो साम्राज्य स्थापित गर्ने सुनौलो अवसर पनि हो।

Share
साफ महिला च्याम्पियनसिप २०८३ एन्फा नेसन्स लिग २०८३ समाचार अभिलेख खेल तालिका पात्रो सम्पर्क लग इन साइन अप
फुटबलको खबर
साफ महिला च्याम्पियनसिप २०८३ एन्फा नेसन्स लिग २०८३ युवा विकास कार्यक्रम राष्ट्रिय टिम
हाम्रो समुदाय
खेल तालिका पात्रो ग्यालरी समाचार अभिलेख
संस्था
हाम्रो परिचय हाम्रो टिम अवसर सम्पर्क
nepalifootballstories facebook nepalifootballstories youtube nepalifootballstories tiktok nepalifootballstories instagram